विद्युत महसुल तिर्न अटेरी गर्दै शिवम् सिमेन्ट, अब कस्तो कदम उाठाउँछन् होला कुलमान ?

काठमाडौँ – नेपाल बिद्युत प्राधिकरणले सामान्यतया केहि महिना घरको बत्तिको महशुल नदिर्दा सिधै आएर लाइन काट्छ । तर पावर र दादागिरी चलाउन सक्नेलाई भने प्राधिकरणले १०० प्रतिशतनै छुट दिने रहेछ भन्ने उदाहरण हेटौंडामा देखिएको छ ।

हेटौंडाको हटियामा रहको शिवम् सिमेन्ट उद्योगले अर्बौं रुपैया तिर्न बाँकी छ । तर नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले उद्योगको लाईन काट्ने हिम्मत गर्न सकेको छैन । हेटौंडा उपमहानगरपालिका १६ स्थित हटियामा रहेको शिवम् सिमेन्टले दुई अर्ब ३४ करोड रुपैयाँ महसुल तिर्न बाँकी रहेको बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ । बारम्बार ताकेता गर्दा समेत शिवम् सिमेन्टले अर्बौं रकम नतिरी बसेको छ ।

सर्वोच्च अदालतको दुई वर्षअघि नै शिवम् सिमेन्टले विद्युत् महसुलबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने २ अर्ब ३४ करोड महशुल तत्काल तिर्न आदेश दिएको भएपनि अझैसम्म महशुल तिरेको छैन ।

प्राधिकरणले महसुलबापतको रकम तिर्नका लागि उद्योगलाई पटक–पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहले जानकारी दिएका छन् ।

प्राधिकरणले बक्यौता रकम तत्काल नबुझाए विद्युत् लाइन काटिदिने बताउँदै आए पनि हालसम्म पनि विद्युत् आपूर्ति बन्द गर्न भने सकेको छैन । शिवम सिमेन्टका सञ्चालकहरु यतिबेला बक्यौता तिर्नुको साटो छुट गराउन शक्तिकेन्द्र धाउन थालेपछि अब प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले शिवम् सिमेन्ट उद्योगको बक्यौता कसरी उठाउलन ? भन्ने विषयमा चर्चा चलिरहेको छ ।

शिवम सिमेन्टका सञ्चालकहरु यतिबेला बक्यौता तिर्नुको साटो छुट गराउन शक्तिकेन्द्र धाउन थालेका छन् । शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल र निर्देशक रघुनन्दन मारु यतिबेला नेपाली कांग्रेसका प्रदेश सांसद इन्द्र बानियाँको आडमा उर्जामन्त्रीलाई प्रभावमा पार्न खोजिरहेका छन् । गोयल र मारु प्रदेश सांसद बानियाँमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवाकैमा भनसुन गर्न पुगेका छन् । तर ऊर्जामन्त्री पम्फा भूसालले डेडिकेटेड लाइनको बक्यौता असुली गरेर छाड्ने प्रतिबद्धता ब्यक्त गर्दैआएकी छन् ।

नेपालका मुलधारका मिडियाले पनि शिवम् लाई साथ् दिएका छन् । बिज्ञापनका नामका ठुला मिडियाका मालिक सँग उद्योगले लाखौ रुपैयाँको सम्झौता गर्ने गरेकोले उद्योगको कर्तुत ठुला मिडियाले छाप्ने गरेका छैनन् । यतिसम्म कि मिडियाका कोहि कर्मचारीले समाचार छापिहाले एकैछिनमा शिवम् विरुद्धको समाचार मिडियाबाटै डिलिट हुने गर्दछन् ।