राष्ट्र बैंकको चेपुवा निती, अचानोमा सेयर बजार!

अघिल्लो हप्ता ३०९४.०५ मा बन्द भएको बजार यो हप्ता १६७.१६ अंकले घटेर २९२६.८९ मा बन्द भएको छ। साताको ४ कारोबार दिन बजार अस्थिरनै रह्यो।

हिजो बिहिबार कारोबार समय पश्चात कमलपोखरी स्थित एक रेष्टुरेण्टमा बजारमा नाम कहलिएका अग्रज लगानिकर्ता सँगको भेट तय थियो। घट्दो बजारमा वहाँको रणनिती र योजना बारे बुझ्न उत्सुक थिएँ। ‘राष्ट्र बैंकले लगाईदिएको १२ करोडको टोपी नै हो त दाजु बजार घट्नुको कारक? ‘ मैले प्रश्न गरिहालें। ‘हो भाई , मैले त यो हप्ता स्टक निल गरें। एउटा बाणिज्य बैंक र एउटा फाईनान्सबाट ७० करोड लोन लिएको थिएँ। भर्खर फोन गरेर मंगलबार चेक आउँछ लोन सेटल गर्दिनु भनेर बैंक लाई खबर गरें, चार करोड त चलाउनुस् न भनेर मेनेजर भन्दै थिए , मैले हात्तीको मुखमा जिरा के काम फेरी बातावरण बन्यो भने लिमिट बनाउँला भनेर भन्दिए, अहिलेलाई मेरो सेयर बजारको यात्रा यहिंसम्म रह्यो भाई!’ वहाँले भन्नुभयो।

करिव एक घण्टाको भलाकुसारी पश्चात तत्कालको लागी यस्तो निश्कर्शमा पुगियो: बजारलाई चलायमान बनाउने अझै भन्नु पर्दा बजारलाई बढाउने भनेका ठुला लगानिकर्तानै हुन्। ठुला लगानिकर्तालाई पाखा लगाएर सेयर बजारले नयाँ नयाँ उचाई बनाउँछ भनेर सोच्नु त मिथ्या भ्रम सिवाय केहि हैन। गवर्नर मित्रले ठुला लगानिकर्तालाई १२ करोडको बेतुके टोपी लगाईदिएर अर्बौंको सम्पत्ती खोस्टा बनाईदिंदा ठुला लगानिकर्ताले चाहिं किन १२ करोडको पाले बनेर बस्ने? यथाशिघ्र यो गल्ती नसच्याए नेपाल राष्ट्र बैंक ईतिहासमै नराम्रोसँग चुक्नेछ !

केहि मनोरोगी घाँस मित्रहरुले डोनले पहिला यही कुरालाई स्वागत गर्यो अब अहिले आएर यो कुरा को बिरोध गर्यो भनेर ग्रुपहरु तिर मच्चिएको देखें। नितीको सर्कुलर जारी भएदेखी अहिले कार्यान्वयन सम्म आईपुग्दा आकाश पाताल फरक परेको छ। निती आउँदा जती सहज रुपमा आएको देखिन्थ्यो अहिले आएर कार्यान्वयन सम्म आईपुग्दा १२ करोडमा झार्ने समय सिमा, परिवारका सबै सदश्यलाई १२ करोडमै सिमित गरिनु, राष्ट्र बैंकले सर्कुलर पठाउनु पुर्व नै पास भैसकेका ऋणको फाईल रोकिनु, बैंक बित्तिय सँस्थाले ऋण अवधी बाँकी भएकालाई पनि सिमा घटाउन ताकेता गर्नु जस्ता बिषयले जटिलता थपेको छ। अनि यस्तो अवस्था देख्दा देख्दै मेरो बोली अहिले पनि १५ दिन अगाडीकै हुनुपर्ने?

बास्तबिक कुरा गर्नुपर्दा बजार बाट छोटो समयमा कमाउने आम लगानिकर्ताहरु ठुला खेलाडीको पछी लागेरै कमाएका छन्। जुन तथ्यलाई बिग ब्रोकरहरुको फ्लोर शिट र क्लब हाउस, सामाजिक संजाल लगायतहरुमा बिग ईन्भेष्टरको उपस्थितीमा भेला हुने थामिनसक्नु भिडले प्रमाणित गरेको छ। तर तालमेल मिलाउन नजानेको अवस्थामा डुब्न पनि ठुलैको पछी लागेर डुबेको तथ्यलाई पनि नकार्न भने सकिन्न।

अर्थतन्त्र चलायमान बनाउन यसलाई खुल्ला छाडिदिनु पर्छ। राष्ट्र बैंकले बैंक बित्तिय सँस्थालाई सेयरमा अल्पकालिन लगानी गर्न रोक लगाउने, माईक्रो फाईनान्सको सेयर किन्न नदिने, भएको स्टक पुस मसान्तसम्म अफलोड गरिसक्नु पर्ने, लगानिकर्ताको अर्बौंको सम्पती को भ्यालु १२ करोड मै सिमित गरेर ठुला लगानिकर्तालाई बजारबाट लखेट्ने जस्ता कार्य गरिरहेको अवस्थामा साना लगानीकर्ताले मात्र बजार थाम्न संभव होला र?

अवसरको कुरा :

१२ करोडको काण्डले बजारलाई केहि समय असहजनै बनाउने देखिन्छ। यद्दपि यो बिषयले पार्ने प्रभाव भनेको दिर्धकालिन भने हुने छैन। यसको सकारात्मक पाटोबाट केलाउँदा बिगतमा ठुला लगानिकर्ताले कब्जा गरेर सिध्याईदिने लिमिट अब साना लगानिकर्तामा बाँढिनेछ। आम लगानिकर्ताहरु पनि मार्जिन कर्जाको प्राथमिकतामा पर्नेछन्। तर यसको लागी पुरानो सँरचना मासिएर नयाँ सँरचना बन्न समय लागेझैं समय भने लाग्नेछ।