सन् २०२१ का संसारका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूचीमा बरादर

काठमाडौं- टाइम म्यागेजिनद्वारा प्रकाशित सन् २०२१ का संसारका सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूचीमा तालिबान संगठनका सहसंस्थापक एवं अफगानिस्तानका वर्तमान उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर समेत परेका छन् ।

यस्तै भारतका प्रधानमन्त्री नेरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोभिसिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) का सीईओ अदार पुनावाला पनि सूचीमा छन् । प्रतिष्ठित पत्रिका टाइम म्यागेजिनले बुधबार २०२१ का सबैभन्दा प्रभावशाली सय व्यक्तिको सूची प्रकाशन गरेको हो ।