क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

काठमाडौं – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ ।

४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय चुनाव भएका छन् । ६ वर्षको अवधिमा भएका तीन वटै चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गर्नुभएको छ ।

प्रधानमन्त्री ट्रुडोले आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरूलाई धन्यवाद दिनुभएको एएफपीले जनाएको छ ।

क्यानडामा अहिले तीन ३८ सिटका लागि चुनाव भएको हो । बहुमतका लागि कम्तीमा एक सय ७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।