नबिलका २ फण्डको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

१० असोज, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापन तथा नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को सुरक्षीत गर्ने आज अन्तिम दिन हो । भोलीबाट कम्पनिले बुकक्लोज गर्ने भएको हुदा आजसम्म कायम ईकाईधनीहरुले मात्र लाभांश पाउने छन ।

दुबै फण्डको प्रतिफल अर्थात नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते सोमबार इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज गर्ने निर्णग गरेको छ । तसर्थ आजसम्म कायम शेयरधनीले मात्र उक्त फन्डका प्रतिफाल पाउनेछन ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई र नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।