साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१० असोज, काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ६ गते बुधबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । जस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ५० हजार कित्ता सामुहिक लगानीकोषका लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता कर्मचारीहरुको लागि सुरक्षित गरिएको छ । सामुहिक लगानीकोष र कर्मचारीहरुलाई सुरक्षित गरेर बाँकी रहेको ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त कम्पनीको आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।