कृषि विकास बैंकको नयाँ शाखा मोरङ्गको रतुवामाईमा

११ असोज, काठमाडौं । कृषि विकास बैंकको मोरङ्गको रतुवामाई नगरपालिकामा नयाँ शाखा कार्यालयको विस्तार भएको छ ।

रतुवामाई नगरपालिका वडा नं।१० नयाँ बजारस्थित नवनिर्मित भवनबाट बैंकले नयाँ शाखाको सुरुवात गरेको हो । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले उक्त शाखाको उदघाटन गरेका थिए ।

यस शाखा मार्फत बैंकले सम्पुर्ण सेवा दिने बैंकका संचालक समितिका अध्यक्ष निरौला जानकारी दिए । उनले बैंक नुन देखि सुनसम्मको कारोवार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।