दिल खोलेर राष्ट्र बैंक भित्रिएका गभर्नर अधिकारी मुठी कसेर बाहिरिएलान् ?

१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउने तयारीमा छन् ।

मौद्रिक नीति तर्जुुमा कार्यविधि अनुसार साउन दोस्रो साताभित्र आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति ल्याउने उनले बताइसकेका छन्

कोरोना महामारीले अर्थतन्त्र ठप्प भएका बेला २४ चैत २०७६ मा गभर्नर नियुक्त भएका अधिकारीको कार्यकाल आगामी चैत २०८१ मा सकिँदैछ ।

सरकारले ११ चैत २०७६ देखि कोभिड नियन्त्रणको लागि भन्दै लकडाउन गरेको थियो । ११ चैतबाट सुरु भएको लकडाउले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमास सम्पुर्ण अर्थव्यवस्था नै ठप्प भयो । सोही समयमा नेपाल राष्ट्र बैंकको नेतृत्वमा महाप्रसाद अधिकारीलाई ल्याएको थियो । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर भएर बैंकको सञ्चालक समिति र व्यवस्थापन समितिमा काम गरिसकेको गभर्नर अधिकारीको लागि केन्द्रिय बैंकको नेतृत्व गर्नु नयाँ अनुभव थिएन ।

कोभिडपछिको विषम परिस्थितिमा उद्धारता देखाउँदै मौद्रिक नीति ल्याएका गभर्नर अधिकारीले आर्थिक वर्ष कोभिडपछि सेयर बजार र घरजग्गाको मूल्यमा भएको वृद्धि बाह्य क्षेत्रमा दबाब भएपनि गभर्नर अधिकारीले मौद्रिक नीतिलाई कसिलो बनाउँदै लगे ।

चालु आर्थिक वर्षको समेत गभर्नर अधिकारीले ४ वटा मौद्रिक नीति ल्याइसकेको छन् । कोभिडपछि विश्वभरका केन्द्रीय बैंकले उद्धारता देखाउँदै लचिलो मौद्रिक नीति लिए