एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ ।

एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको छ । नयाँ डिजाइनमा आएको यो एप्पल वाच सिरिजले इबाइक फिचर पनि सपोर्ट गर्ने जनाइएको छ ।

नयाँ डिजाइनमा आए पनि यसले पुराना ब्याण्ड पनि सपोर्ट गर्ने भएको छ । यसको मूल्य ३ सय ९९ डलरबाट सुरु हुने एप्पलले जनाएको छ ।