लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटि रिसोर्टमा २५ % सम्मको छुट

११ असोज, काठमाडौं । लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्टसँग आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंक ग्राहकहरुलाई कुटि रिसोर्टले विभिन्न सेवा तथा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ । कुटि रिसोर्टको बिभिन्न सेवा तथा सुविधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्ग पुल, स्पा तथा सउनाको आनन्द लिन सक्ने छन् ।

उक्त सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्टको तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।